तीन जिल्लामा पूर्ण मात्रा खाेप लगाइयाे, कुन प्रदेशमा कतिले लगाए
गोरखापत्र अनलाइन
कार्तिक ११, २०७८ बिहीबार
नेपालमा ७७ जिल्लामध्ये तीन जिल्लामा पूर्ण मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनाङ, मुस्ताङ र रुकुममा कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाइएको जनाएको छ ।
त्यस्तै बाग्मती प्रदेश र गण्डकी प्रदेशमा बढी मात्रामा कोरोनाविरुद्धको खोप प्रयोग भएको छ । बढी जोखिम र बढी जनघनत्व रहेको बाग्मती प्रदेश र गण्डकी प्रदेशमा बढी मात्रामा खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयले जनाएको...