महाकालीको बीचमा थुनिएकाको कहालीलाग्दो रात, सकसपूर्ण १७ घण्टा
गोरखापत्र अनलाइन
कार्तिक १०, २०७८ बुधबार
अघिल्लो दिनको साँझबाट वर्षा भइरहेको थियो, सदाझैँ नियमित काम सकेर खाना खाएर सुतेका थियौ ।
श्रीमतीले राति ११ बजे एकाएक घरमा पानी भरिएको भनेर उठाइन् । उठ्दा पानीले घुँडासम्म छोइसकेको रहेछ । पानी आउने कल्पनासम्म थिएन । महाकाली याँ बाट दुई/तीन सय मिटर पर छ, फेरि यो यती धेरै उँचो ठाउँ छ तर महाकालीले उग्ररुप लिएको रहेछ ।