उपचारको खोजीमा सुवास र केवल
गोरखापत्र अनलाइन
कार्तिक ७, २०७८ आईतवार
सुरुका दिनमा न दुख्थ्यो, न त बिजाउथ्यो नै । झट्ट हेर्दा डरलाग्दो देखिए पनि उहाँलाई कुनै शारीरिक र मानसिक असर थिएन । तर, उमेरसँगै बढेको मासुको डल्लोले (ऐंजेरु ) पुरै शरीर ढाकेपछि मोरङको मिक्लाजुङ–५ खोलिटारका सुवास राई यतिबेला चिन्ताले उदास हुनुहुन्छ ।