'विकास र समृद्धिका लागि बालिका शिक्षा जरुरी'
गोरखापत्र अनलाइन
आश्विन २१, २०७८ बिहीबार
बेलायती राजनीतिज्ञ, समाजसेवी तथा सांसद हेलेन ग्रान्टले बालिका गुणस्तरीय शिक्षासँगै जलवायु परिवर्तनको सचेतना आजको आवश्यकता भएको औँल्याउनु भएको छ । काठमाडौँको गोकर्णेश्वरस्थित नामी कलेजले बुधबार आयोजना गरको विशेष अन्तरक्रियामा बोल्नुहुँदै ग्रान्टले नेपाल सरकारको साझेदारीमा नेपालमा बालिका शिक्षासँगै जलवायु परिवर्तनका बिषयमा विविध कार्यक्रम सञ्चालनमा रहेका औँल्याउनु भएको हो ।