रुखमा चढेर चिच्याउन थाल्यौं, बाघले घेरा हालेर तल उभिरहे
गोरखापत्र अनलाइन
आश्विन १७, २०७८ आईतवार
‘चारवटा पाटे बाघले घेरेपछि ज्यान जोगाउन हतरपतर गरेर रुखमा चढ्यौं, डेढ घण्टासम्म रुखबाटै हारगुहार गरेपछि बल्ल निकुञ्जका हात्तीले आएर उद्धार गर्दा बाँचेर फर्किएका छौं, बाँच्ने आशा मारिसकेका थियौं’– यो भनाइ हो बाँकेको गाभरमा बाघको घेराबाट उद्धारपछि फर्किनु भएका सेतु ओलीको ।