सुन्दरबजारका भूमिहीन सुकुम्बासीको लगत सङ्कलन हुँदै
गोरखापत्र अनलाइन
चैत्र १, २०७८ मंगलवार
लमजुङको सुन्दरबजार नगरपालिकाले भुमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने प्रक्रिया सुरु गरेको छ । नगरपालिकाभित्रका वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित नागरिकको वास्तविक तथ्याङ्क नआएकाले लगत संकलन गर्न लागिएको नगरपालिकाका प्रमुख जनकराज मिश्रले बताउनुभो ।