सङ्घीयतापछि पहिलो जनगणना (सम्पादकीय)
गोरखापत्र अनलाइन
कार्तिक २५, २०७८ बिहीबार
राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ । सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गर्ने कार्यक्रम छ । आजदेखि गणक घरघरमा पुगेर विवरण सङ्कलन प्रारम्भ गर्ने छन् । वि.सं. १९६८ देखि सुरु भएको जनगणना हरेक १०/१० वर्षमा गरिँदै आएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ सुरु भएको यस पटकको जनगणनाका लागि आठ हजार...