मिचाहा प्रवृत्तिका वनस्पति
गोरखापत्र अनलाइन
कार्तिक २७, २०७८ शनिबार
राजनीतिशास्त्रमा साम्राज्यवादी, विस्तारवादी र मिचाहा प्रवृत्तिजस्ता शब्द खुबै प्रचलनमा पाइन्छ । यस्ता स्वभाव र प्रवृत्ति वनस्पतिमा समेत पाइन्छ । त्यसैले यस्ता शब्द वनस्पतिको अध्ययन र अनुसन्धानमा समेत प्रयोग हुने गरेको छ । बोटबिरुवाले बोटबिरुवामाथि अत्याचार र मिचाहा प्रवृत्ति देखाउने, आफ्नो साम्राज्य विस्तार गर्ने गर्दछन् । विश्वमा केही यस्ता वनस्पति पनि छन्, जसले तीव्र रूपमा आफ्नो सीमाना वा क्षेत्र विस्तार...