एमसीसी, आईपीएस र अतिराष्ट्रवाद
गोरखापत्र अनलाइन ,
पुष ६, २०७६ आईतवार
सत्तारुढ नेकपा स्थायी समिति बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्ष–विपक्षमा बहस भयो । बहस हुनुलाई सकारात्मक मान्न सकिन्छ तर बैठकमा यही मुद्दा हावी हुनु चाहिँ अनपेक्षित देखिन्छ । बहुमत सदस्यको निष्कर्ष रह्यो, ‘एमसीसी नेपालको हितमा छ ।’