वचन र व्यवहारमा समानताको सन्देश
गोरखापत्र अनलाइन ,
आश्विन २९, २०७६ बुधबार
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गरेसँगै नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ । अर्थात् नेपाल–चीन सम्बन्धको नयाँ युग आरम्भ भएको छ । विश्वशक्तिको रूपमा उदाउँदै गरेको छिमेकी मुलुकबाट विगत लामो समयदेखि उच्च तहबाट नेपालको भ्रमण हुन नसक्दा नेपालको कूटनीतिक क्षमता र विश्वसनीयतामाथि प्रश्न उठेको थियो । त्यसर्थ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण राजनीतिक, द्विपक्षीय कूटनीतिक, आर्थिक, सामरिक,...