दूरगामी उपलब्धि (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
आश्विन २७, २०७६ सोमबार
नेपाल र चीनबीच पूर्वाधार, आर्थिक, शिक्षा, स्वास्थ्य, कृषि, सुरक्षा सामाजिक÷सांस्कृतिक लगायतका विषयमा समझदारी तथा पत्र आदानप्रदान भएका छन् । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार काठमाडौँमा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएका हुन् ।