पुसमै सरिसक्यो माघ
गोरखापत्र अनलाइन ,
कार्तिक २, २०७६ शनिबार
मानव विकासको क्रममा मानिसहरू सभ्य र सचेत हुँदै आएपछि आफूहरू प्रकृतिबाट प्रभावित रहेको बोध भयो । प्रकृतिलाई बुझ्नका निमित्त समय हिसाबको आवश्यकतालाई बुझ्दै आए । यही हिसाबलाई तालिकाबद्ध गर्ने क्रममा घडी, पला, बार, नक्षत्र, दिन, महिना, वर्षको गणना हुँदै आए । यिनीहरूको एक चक्रलाई तालिकामा राखेर गणना गरिनेलाई संवत् (संवत्सर) भन्ने गरियो ।