हिउँदे वर्षाको प्रभाव (सम्पादकीय)
गोरखापत्र अनलाइन
पुष १६, २०७८ शुक्रबार
पुस १३ गते मङ्गलबार रातिबाट पूर्वदेखि पश्चिम नेपालभरि नै मौसममा अदलीबदली भएर हिउँदे वर्षाका साथै हिमपात भयो । यसबाट देशभर तुलनात्मक रूपमा जाडो निकै बढ्न गएको छ । हिउँदको याममा हिउँदे वर्षा, हिमपात तथा जाडोको समस्या स्वाभाविकै भए पनि यसपछिका दिनमा पर्ने प्रभावबाट जोगिन पनि त्यत्तिकै जरुरी देखिएको छ । त्यसो त सहरबजारमा बस्नेहरूका लागि हिमपात मनोरञ्जनको माध्यम बनिरहेको प्रमाण काठमाडाँैंको चन्द्रागिरीमा हिउँ परेको...