एकता र सहकार्यको छैन विकल्प
गोरखापत्र अनलाइन
पुष १६, २०७८ शुक्रबार
आज पुस १६ गते, नेपाली राजनीतिमा विशेष दिन । राष्ट्रिय मेलमिलाप दिवसका रूपमा आजको दिन नेपाली काँग्रेसले मनाउने गरेको छ । नेपाली काँग्रेसका नेता बीपी कोइरालाले यो दिन ऐतिहासिक निर्णय गर्नुभएको थियो । राजा महेन्द्रले बीपी नेतृत्वको जननिर्वाचित सरकार अपदस्थ गरी आठ वर्ष सुन्दरीजलमा बन्दी बनाउनुभएको थियो । सुन्दरीजलबाट मुक्त भएपछि बीपी निर्वासनमा भारत जानुभएको थियो तर २०३३ साल पुस १६ गते बीपीले ठूलै जोखिम मोलेर राष्ट्रिय...