ठडिँदै मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रीनिवास, ३० प्रतिशत काम पूरा
गोरखापत्र अनलाइन
कार्तिक २६, २०७७ बुधबार
ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रीको निवासको काम ३० प्रतिशत पूरा भएको छ । दुई बर्षमा निर्माण सक्ने योजना बनाइएको उक्त भवनको यो आर्थिक बर्षमा ४० प्रतिशत काम सम्पन्न गर्ने योजना राखिएपनि कोरोनाको कारण लक्ष्यभन्दा केही कम काम भएको हो । २०७६ असोजमा प्रदेश प्रमुख र मन्त्रीको निवासको काम गर्नेगरि ठेक्का लागेको थियो ।