logo
२०८१ बैशाख १३ बिहीवार

ठडिँदै मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रीनिवास, ३० प्रतिशत काम पूरा

राष्ट्रिय |
फोटो फिचर |
पढ्नै पर्ने |


2020-11-11-26373
तस्बिर : सुजन गुरूङ


केशवराज पौडेल
काठमाडौं, कात्तिक २६ गते । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रीनिवासको काम ३० प्रतिशत पूरा भएको छ । दुई वर्षमा निर्माण सक्ने योजना बनाइएको उक्त भवनको यो आर्थिक वर्षमा ४० प्रतिशत काम सम्पन्न गर्ने योजना राखिएपनि कोरोनाको कारण लक्ष्यभन्दा केही कम काम भएको हो । २०७६ असोजमा प्रदेश प्रमुख र मन्त्रीनिवासको काम गर्नेगरी ठेक्का लागेको थियो ।
सहरी विकास तथा भवन निर्माण विभागको विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलीप भण्डारीले अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।
‘यही गतिमा काम गरेर भए पनि तोकिएकै समयमा गराउन प्रयासरत छौ’ उहाँले भन्नुभयो । १३ महिनाअघि काम सुरु भएपनि लकडाउनका कारण केही ढिला भएको र अहिले कामदारहरुको संख्या बढाएर भएपनि काम भैरहेको उहाँले स्पष्ट पार्नुभयो ।
ललितपुर महानगरपालिका–१८ भैंसेपाटीको १ सय ४९ रोपनी जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख, मन्त्री, मुख्यमन्त्री, प्रदेशप्रमुखको निवास निर्माण गर्ने सरकारले सरकारले २०७५ मंसिर २१ गतेको मन्त्रिपरिषद्को निर्णय गरेको थियो । सो निर्णय अनुसार करिब ९६ रोपनी क्षेत्रफलमा २४ मन्त्रीहरुको र २७ रोपनी क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेशप्रमुखको निवास निर्माण भइरहेको उहाँले बताउनुभयो ।े
मन्त्रीनिवासको ठेक्का सिको हनुमान र मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको ठेक्का केसी समानान्तरले पाएर काम सुरु गरेका छन् । एक अर्ब लागतमा मन्त्रीनिवास र ७० करोड लागतमा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माण ठेक्का दिइएको छ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख राजधानी आउँदा सोही भवनमा बस्ने गरि भवन निर्माण गर्न थालिएको हो । पुल्चोकस्थित मन्त्री क्वाटर रहेको क्षेत्रमा १० वटा अतिथिगृह बनाउने तयारी छ । विभागले मन्त्री क्वाटर स्थानान्तरण गर्नेबित्तिकै अतिथिगृह निर्माण गर्ने तयारी थालेको त्यसको स्टमेट अनुसारको काम भएको र बजेट विनियोजन भएपछि काम थालिने भण्डारीले बताउनुभयो ।

तस्बिर : सुजन गुरूङ