logo
२०८१ बैशाख १५ शनिवार

राजधानीबाट तीन दिनमै पुगिन्छ जुगल हिमालको आधार शिविर

पर्यटन |
फोटो फिचर |


2020-11-09-26243
तस्बिर सौजन्यः मिलन तमाङ


गोरखापत्र अनलाइन 

काठमाडौं, कात्तिक २४ गते । राजधानीबाट कुनै हिमालको आधार आधार शिविर जान हवाइमार्गबाट लुक्ला हुँदै सगरमाथा आधार शिविर वा पोखराबाट अन्नपूर्ण वा गोरखाको मनास्लु जानुपर्छ ।
तर काठमाडौंबाट बस र पैदल मार्ग हुँदै तीन दिनमै पुग्न सकिने र पाँच दिनमा आधार शिविर पुगेर फर्कन सकिने जुगल हिमालतर्फ भने धेरैको ध्यान पुगेको छैन ।
राजधानीबाट सहजै देखिने नजिकको जुगल हिमालको आधार शिविर नेपालको अन्य हिमालको आधार शिविरभन्दा फरक रहेको विश्वका सातैवटा महादेशका अग्ला हिमाल आरोही माया गुरुङ बताउनुहुन्छ ।
जुगल हिमाल काठमाडौबाट नजिक पनि छ र यहाँको आधार शिविरमा हरिया रुख र नदी छ जुन अन्य हिमालका आधार शिविरमा छैन । अन्य हिमालको आधार शिविर पुग्न हरियाली भएको क्षेत्र पार गरेर दुई तीन दिन हिँडनुपर्छ तर जुगल हिमालको आधार शिविरमै हरिया रुख र कलकल बग्ने नदी छ ।
यहाँ पुग्न काठमाडौंबाट बसमा सिन्धुपाल्चोक जिल्लाको तेम्बाथानसम्म र त्यहाँबाट दोस्रो दिन छेताङ वा दिपु पुग्न सकिने र त्यहाँबाट अर्को दिन जुगल आधार शिविर पुग्न सकिन्छ ।
राजधानीबाट नजिक भएर पनि त्यस क्षेत्रमा अहिले होटलहरु खुल्न थाले पनि पर्याप्त मात्रामा पूर्वाधारहको भने विकास हुन सकेको छैन ।
तस्बिर सौजन्यः मिलन तमाङ