माध्यमिक कालका कवि नरदेव
गोरखापत्र अनलाइन
पुष ४, २०७७ शनिबार
भानुभक्तको कवित्व, कृतित्व र व्यक्तित्वका बारेमा चिन्तन–मनन, अध्ययन–अनुसन्धान, चर्चा–परिचर्चा, वादविवाद, बहस र टीकाटिप्पणी आआफ्नै अध्ययन, शैली, क्षमता र अनुभवका आधारमा भइरहेका छन् । यो क्रम भानुभक्तको जीवनी सार्वजनिक भएको १३० वर्ष बितिसक्दा पनि रोकिएको छैन । यस अवस्थामा युवककवि मोतीराम भट्टले आफ्ना अग्रज कवि भानुभक्तप्रति गरेको योगदानलाई भने कदापि बिर्सन सकिन्न । नेपाली साहित्यमा जीवनीपरक पहिलो पुस्तक कवि भानुभक्तको...