मानव सभ्यतासँग जोडिएको पर्व
गोरखापत्र अनलाइन ,
कार्तिक ९, २०७६ शनिबार
तिहारलाई विभिन्न पौराणिक कथासित जोडेर व्याख्या गरिन्छ । सत्य युगका राजा बलि जो प्रह्लादका नाति विरोचनका छोरा थिए, उनले स्वर्गको इन्द्रपद प्राप्त गर्नका लागि गरेका यज्ञसित तिहारलाई जोड्ने गरिन्छ । उनको यज्ञलाई वामन औतारी विष्णुले असफल बनाइदिएको सन्दर्भ यसमा आउँछ ।