कोरोनाले काम गुमेपछि चेपाङ बस्तीमा अनिकाल, गिट्ठा र चिउरीकाे भर
गोरखापत्र अनलाइन
जेष्ठ ९, २०७८ आईतवार
पश्चिम मकवानपुरका अधिकाँश चेपाङ बाहुल्यता रहेका बस्तीहरुमा यतिखेर भोकमरी देखिएको छ । खोरियामा उत्पादित अन्नले बढीमा ६ महिनामात्रै खान पुग्ने ती बस्तीका बासिन्दालाई बाँकी महिनाका लागि अन्यत्र गएर श्रम गर्नुपर्ने बाध्यता छ । तर, यसबर्ष कृषि लगायत श्रम गर्ने क्षेत्रमा कोभिड १९ का कारण अबसर गुमेकाले भोकमरीको समस्या बढ्दो क्रममा रहेको चेपाङ नेताहरूले बताउनुहुन्छ ।