रोजगारीको आधार बन्दै च्याउ खेती
गोरखापत्र अनलाइन
जेष्ठ ७, २०७८ शुक्रबार
दुधौली नगरपालिका–६ हर्षाही निवासी सरिता अधिकारी (दनुवार)लाई यतिखेर च्याउ खेती रोजगारीको राम्रो आधार भएको छ । उहाँले एक बर्षअघि उद्यम व्यवसाय अन्तर्गत च्याउ खेती सम्बन्धि एक साताको तालिम लिएपछि व्यवसाय गर्न सजिलो भएको हो ।
‘गत बर्ष तालिम लिएपछि २० हजार रुपियाँ लगानी गरी दुई सय पोका (बिउ) हालेर च्याउ खेती सुरु गरे, एक लाख रुपियाँ कमाई,’ व्यवसायबाट उत्साहित सरिताले भन्नुभयो, ‘यो बर्ष पनि दुई सय पोका बिउ हालेर भर्खर सुरु...