६५ वर्ष पुगेका पत्रकारलाई अब ‘ज्येष्ठ पत्रकार वृत्ति’
गोरखापत्र अनलाइन
फाल्गुन १८, २०७८ बुधबार
सरकारले ६५ वर्ष पुगेका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिने भएको छ। फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णय भएसँगै अब ज्येष्ठ पत्रकारले ६५ वर्ष पूरा भएपछि वृत्ति पाउने भएका हुन्।
सरकारले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो।