गाउँको नमुना सडकमा गाईबाख्रापालन
गोरखापत्र अनलाइन
फाल्गुन ११, २०७८ बुधबार
नवलपरासीको रामग्राम नगरपालिकाले करोडाैं रुपियाँ लगाएर बनाएका गाउँका नमूना सडकहरुमा अहिले स्थानीय वासीन्दाहरुले गाईवस्तु बाँध्ने गरेका छन् ।
नवलपरासीको जिल्ला समदमुकाममा रहेको रामग्राम नगरपालिकाकाले वार्ड नम्बर ७ को उजैनी, वार्ड नम्बर ९ को जोकवार, वडा नम्बर १० को लंकहवा लगाएतका ग्रामिण क्षेत्रलाई केन्द्र बनाएर केही समय पहिला मात्र करोडौ रुपियाँको लागतमा ग्रामिण सडकहरुलाई नमूना सडकको रुपमा निर्माण गरेको थियो...