धुवाँधुलो प्रदूषणबाट जोगाउन अढाई हजार परिवारलाई ग्यास सिलिण्डर
गोरखापत्र अनलाइन ,
असार ६, २०७७ शनिबार
धुवाँधुलोको कारण श्वासप्रश्वास समस्याको जोखिममा रहेका नगर क्षेत्रका गृहिणीलाई जोगाउन तथा नगरक्षेत्रको प्रदूषण नियन्त्रण गर्न महागढीमाई नगरपालिकाले अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाले अभियानअन्तर्गत नगरक्षेत्रको खुला स्थान र सडक किनारमा वृक्षारोपण गर्ने, खाना पकाउँदा चुल्होबाट निस्कने धुवाँलाई न्यूनीकरण गर्न करिब अढाई हजार परिवारको महिलालाई ग्यासको प्रयोग गर्न प्रोत्साहन गर्न थालिएको छ ।
पहिलो चरणमा...