अछाममा क्वारेन्टाइनमै बच्चा जन्मियो, आमा र शिशुकाे स्वास्थ्य सामान्य
गोरखापत्र अनलाइन ,
जेष्ठ २८, २०७७ बुधबार
भारतबाट आएर क्वारेन्टाइनमै रहेकी एक महिलाले सोही स्थानमा एक छोरालाई जन्म दिएकी छन् । मङ्गलसेन नगरपालिका–१, कुन्तीकी २७ वर्षीया रुबिना थापाले क्वारेन्टाइन स्थलमै शिशुलाई जन्म दिनुभयो ।