फूल फुले, चराचुरुङ्गी रमाए, मानिस थुनिए, राजश्व गुम्यो
गोरखापत्र अनलाइन ,
जेष्ठ २८, २०७७ बुधबार
बन्दाबन्दीले सबैको जनजीवन प्रभावित भइरहेको समयमा ललितपुरका गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान पनि सुनसान छ । अवालेकनकर्ता र पिकनिक मनाउन आउनेको भिडभाड, जोडजोडले बजाइने म्युजिक नाचगान र एक प्रकारको कोलाहल छैन । उद्यानमा ढकमक्क फूल फुलेका छन् । चराचुरुङ्गी, कीटपतङ्ग, शान्त र प्राकृतिक वातावरणमा उनमुक्त रमेका छन् । हरियाली बढेको छ । बोटबिरुवा घाँस दुबो हलक्कै मौलाएका छन् । रुखका डालीमा चराचुरुङ्गीले गुँड बनाएका...