सप्तरीमा द्रुत परीक्षण शुरु, ३८ जनाको नेगेटिभ
रासस
बैशाख १, २०७७ सोमबार
सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘-यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ ।
क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।