कतै राहत पोका, कतै गाडीमा आउँछ गरीबकाे भान्सा
रासस
बैशाख १, २०७७ सोमबार
चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । जुरुक्क उठेपछि भारी बोक्ने काम शुरु हुन्थ्यो । यसरी बित्थे माझीका दिनहरु ।