६०० वर्ष पुरानो मल्लकालीन इँटा फेला
रासस
माघ २०, २०७६ सोमबार
सङ्खुवासभाको ऐतिहासिक बजार चैनपुर बजारमा ६०० वर्ष पुरानो मल्लकालीन इँटा फेला परेको छ । चैनपुर बजारका नारायण श्रेष्ठको घरको पिंढीमा प्रयोग भएको इँटा मल्लकालीन समयमा उत्पादन भएको पाइएको छ । श्रेष्ठको घर पिंढीमा प्रयोग भएको इँटा १४औँ शताब्दीभन्दा अगाडिमात्र प्रयोग हुने गरेको इतिहासविद् डा रमेश ढुङ्गेलले जानकारी दिनुभयो ।