काठमाडाैं, पुस ९ गते । क्रिसमसको पूर्व सन्ध्यामा राजधानीका रेस्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री तथा सान्टा क्लजको राता लुगाको पहिरनले सजिसजाउ छ । चर्चहरूमा प्राथना कार्यक्रम राखिएकाे छ ।
कोभिड–१९ का कारण विगत लामाे समयदेिख ठप्प बजार विस्तारै खुल्न थालेपछि क्रिसमसको माहोल बनेको हो । क्रिसमस मनाउन आउने युवापुस्तालाई स्वागत गर्न ठमेल, दरबारमार्गलगायतका स्थान तयारी अवस्थामा छन् ।