लैङ्गिक हिंसाको पहिलो निशानामा किशोरी र महिला
दीपा चाैधरी
चैत्र ११, २०७८ शुक्रबार
महिला आयोगमा परेको उजुरीका आधारमा लैङ्गिक हिंसा अन्तर्गत महिलामाथि हुने घरेलु हिंसा नै सबैभन्दा बढी हुने गरेको छ । किशोरी, बालबालिका तथा नाबालिकाहरुमाथि धेरैजसो यौनजन्य हिंसाको घटना भएको पाइएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताउनुभयो । उहाँका अनुसार आयोगमा घरेलु हिंसाका घटना धेरै आउने गरेका छन् ।