नेपाल भ्रमण वर्ष २०२० - ‘नेपाल घुम्नैपर्ने देश रहेछ’
गोरखापत्र अनलाइन ,
पुष १६, २०७६ बुधबार
वियन लुओङ भियतनामबाट नौ दिनअघि नेपाल घुम्न आउनुभएको हो । उहाँको नेपाल बसाई अझै एक साता बाँकी छ । स्नातक तहमा अध्यनरत लुओङ तीन साथीसँगै काठमाडौँ घुम्न आउनुभएको हो । काठमाडौँ उपत्यका दुई दिनमै घुमी भ्याएकी लुओङ टोलीको ध्यान एक्कासी रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जतर्फ मोडियो ।