रारा–सिञ्जा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि
गोरखापत्र अनलाइन ,
आश्विन ३०, २०७६ बिहीबार
चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर ताल रारा । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै लोभ्याएको छ ।