पर्यटकमैत्री शहर बन्यो काँकडभिट्टा
रासस
आश्विन २६, २०७६ आईतवार
स्थलमार्गबाट धेरै पर्यटक नेपाल भित्रिने नाका काँकडभिट्टालाई पर्यटकमैत्री शहर बनाउने प्रयास सफल भएको छ । सुविधा सम्पन्न होटल, रमणीय पार्क, व्यवस्थित यातायातको सुविधा, आधुनिक प्रविधियुक्त तलाशी र पर्यटन प्रहरीको परिचालनले काँकडभिट्टा अब पर्यटकीय शहरको रुपमा विकसित भएको हो ।
ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले काँकडभिट्टा प्रवेश गर्ने विदेशी पर्यटकले नेपाल टेक्ने बित्तिकै नेपालको न्यानो आतिथ्य अनुभूति...