चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो
रासस
आश्विन २४, २०७६ शुक्रबार
विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ ।
राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति...