logo
२०८१ बैशाख १३ बिहीवार



पाकिस्तानमा कोरोनाबाट करिब तीन हजार संक्रमित, ४५ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा कोरोनाबाट करिब तीन हजार संक्रमित, ४५ जनाको मृत्यु
तस्विर-गल्फन्युज


इस्लामावाद, चैत्त २३ गते । पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार आइतबारसम्ममा मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
अधिकारीहरुले शनिबारसम्म देशभरीमा संक्रमितको संख्या दुई हजार ७०८ पुगेको र संक्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताएका थिए । आइतबार भने संक्रमित अवस्थामा रहेका मध्ये १८ जनाको अवस्था गम्भीर रहेको र १७० जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले सवैभन्दा धेरै संक्रमितहरु पन्जाव प्रान्तमा रहेको पनि जनाएको छ । पन्जावमा एक हजार १६३ जना संक्रमित भएका छन् ।
त्यसैगरी दोस्रो धेरै संक्रमित सिन्ध प्रान्तमा रहेका छन्, जहाँ ८६४ जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार खैबर पख्तुन्ख्वामा ३७२ जना, गिल्गिट बाल्तीस्तानमा २०६ जना, बलुचिस्तानमा १८५ जना, केन्द्रीय राजधानी रहेको इस्लामावाद प्रान्तमा ७८ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा १२ जना संक्रमित रहेका छन् । विश्वभरी २०० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आइतबारसम्म १२ लाखभन्द बढी बिरामी भएका छन् भने ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?