logo
२०८० चैत्र १५ बिहीवार



भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ४५ हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ४५ हजार नाघ्यो


नयाँ दिल्ली, जेठ १३ गते।
भारतमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ लाख ४५ हजार ३८० पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार बिहान जारी तथ्याङ्कानुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ४ हजार १६७ जना पुगेको छ । यस सङ्क्रमणबाट निको भएका बिरामीको सङ्ख्या ६० हजार ४९० रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८० हजार ७२२ जना कोरोना सङ्क्रमित उपचाररत रहेका जनाइएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक सङ्क्रमित भएका छन् । महाराष्ट्रमा मात्र ५२ हजार ६६७ नागरिक कोरोना भाइरस सङ्क्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो प्रभावित राज्य हो । तमिलनाडूमा १७ हजार ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेका छन् । गुजरातमा १४ हजार ४६० सङ्क्रमित रहेका छन् । दिल्लीमा १४ हजार ७३ जना कोरोना सङ्क्रमित रहेका छन् ।

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस सङ्क्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको सङ्क्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन चौथोपटक थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।
भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको सङ्क्रमित को सङ्ख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता सङ्क्रमणको वृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?