logo
२०८१ बैशाख १४ शुक्रवार



भारतको तेलंगना सरकारले लकडाउनको अवधि थप्यो   

अन्तर्राष्ट्रिय |


भारतको तेलंगना सरकारले लकडाउनको अवधि थप्यो   


   
हैदराबाद , वैशाख ८ गते । भारतको तेलंगना सरकारले हाल जारी रहेको लकडाउनको अवधिलाई आगामी मे ७ तारिखसम्म लम्ब्याउने निर्णय गरेको छ ।    
    
यहाँको मन्त्रिपरिषदले आइतबार सो निर्णय गरेको बताइएको छ । यसअघि घोषित यो नीतिमा थप गरी यो अवधिसम्म पु¥याइएको समाचारमा जनाइएको छ ।    
तेलंगना राज्यका मुख्यमन्त्री के चन्द्रशेखर रावले यस विषयमा जानकारी दिनुभएको छ । उहाँकाअनुसार यहाँका अत्यावश्यक खाद्यान्नलगायतका उद्योग र औषधि उद्योग एवं पसलहरु भने खुला रहने छन् ।    
    
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे १ तारिखसम्म लगाउनुभएको लकडाउनको अवधिलाई बढाएर भारतभर मे ३ सम्म पु¥याएलगत्तै यता यस राज्य सरकारले पनि यो घोषणा गरेको हो ।    
    
मुख्यमन्त्री रावले तेलंगना राज्यमा बाहिरबाट आएर बसोबास गरिरहेका आप्रबासीहरुमध्ये परिवारमा बस्नेहरुका लाग प्रतिपरिवार १ हजार ५०० भारतीय रुपैयाँ र एक्लै बस्नेका लागि खाद्यान्न उपलब्ध गराइने जानकारी पनि दिनुभयो ।    

यहाँको मुख्य सरकारले यहाँ काम गरिरहेका प्रहरीहरुको तलबमा १० प्रतिशत बृद्धि गरेको पनि जनाएको छ । उनीहरुले यस्तो विषम परिस्थितिमा पनि जोखिममा काम गर्नुपर्ने अवस्था रहेकोले उनीहरुको तलबमा बृद्धि गरिएको बताइएको छ ।    
    
यो राज्यमा मात्र कोविण्ड १९ का ८५८ जना संक्रमित भेटिएका छन् । तीमध्ये १८६ जना निको भएर घर फर्किएका छन् भने २१ जनाको निधन भइसकेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?