logo
२०८१ बैशाख १३ बिहीवार



भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो


नयाँ दिल्ली, वैशाख २२ गते। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको २४ घन्टामा यहाँ २ हजार ५०० भन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ ।

संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७०६ जना रहेको पनि बताइएको छ । यसरी भारतमा हाल यो रोगका संक्रमितहरुको संख्या २९ हजार ४५३ जना रहेको छ ।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १२ हजार ९०० नागरिक संक्रमित भएका छन् ।

गुजरातमा ५ हजार ४०० मानिस प्रभावित भएका छन् । दिल्लीमा यो संक्रमणबाट ४ हजार ५५० जना विरामी छन् । यद्यपि यो भाइरसको प्रकोप भारतका २७ वटा प्रान्तमा नै देखिएको छ ।
यहाँ पनि सरकारले लकडाउनको घोषणा गरेको छ । मई१७ सम्मका लागि सरकारले लकडाउनको घोषणा गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?