logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो


नयाँ दिल्ली, वैशाख २७ गते। भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको र यससँगै भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको सख्या १ हजार ९८१ जना पुगेको छ ।
संक्रमणबाट निको भएका विरामीको संख्या १७ हजार ८४७ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शनिबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल ३९ हजार ८३४ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । महाराष्ट्रमा १९ हजार ६३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । गुजरातमा ७ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ३१८ जना विरामी छन्।
कोराना भाइरसको (कोभिड–१९)को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?