logo
२०८१ बैशाख १४ शुक्रवार



भारतमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघ्यो


नयाँ दिल्ली , जेठ १ गते। भारतमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा बुधबार एक दिनमा १३४ को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरूको सख्या २ हजार ५४९ जना पुगेको छ । यस सङ्क्रमणबाट निको भएका बिरामीको सङ्ख्या २६ हजार २३५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४९ हजार २१९ जना सङ्क्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन्
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक सङ्क्रमित भएका छन् । यहाँमात्र २५ हजार ९२२ नागरिक कोरोना भाइरस सङक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार २६७ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेका छन् भने तमिलनाडू ९ हजार २२७ सङ्क्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरसको सङ्क्रमणको सङ्ख्या ८ हजार नाघेको छ ।
कोराना भाइरसको (कोभिड–१९) को सङ्क्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्ब्याएकाे थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको सङ्क्रमण देशभरि बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?