logo
२०८१ बैशाख १३ बिहीवार



पाकिस्तानमा छ दिने इद विदा घोषणा

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा छ दिने इद विदा घोषणा


इस्लामावाद, जेठ ४ गते।
पाकिस्तानमा इद मनाउनका लागि सरकारले छ दिने इद विदा घोषणा गरेको छ । सरकारले यही मे २२ देखि २७ तारिखसम्म छ दिन विदा दिने निर्णय गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाभाइरसको महामारीलाई समेत ध्यान दिएर विदाको निर्णय गरिएको पाकिस्तानको गृह मन्त्रालयले शनिबार जनाएको छ । सार्वजनिक इद विदाको समयमा अत्यावश्यक सेवा बाहेक सवै व्यापार व्यवसाय, सार्वजनिक स्थल, सामुदायीक बजार, पसलहरु र अन्य खुद्रा पसलहरु पनि बन्द हुने भएका छन् । पाकिस्तानमा आइतबार विहानसम्म ४० हजार १५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ८७३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३५२ जना सङ्क्रमित भएका छन् भने अरु ३९ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये २७ हजार ९३७ जनाको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले अरु ११ हजार ३४१ जना निको भएर घर फर्किसकेको पनि जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?