logo
२०८१ बैशाख १२ बुधवार



पाकिस्तानमा कोरोना सङ्क्रमित ४४ हजार पुगे

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा कोरोना सङ्क्रमित ४४ हजार पुगे


इस्लामाबाद, जेठ ६ गते। पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको जनाएको छ ।
प्राप्त विवरण अनुसार पाकिस्तानको पंजाब प्रान्तमा १५ हजार ९७६ जना, सिन्धमा १७ हजार २४१ जना, खिबर पख्तुनख्वामा ६ हजार २३० जना, बलोचिस्तानमा २ हजार ८२० जना, गिल्गिट बाल्टिस्टानमा ५५० जना, इस्लामाबादमा १ हजार ३४ जना तथा पाकिस्तान अधिनस्थ काश्मिरमा ११५ जना संक्रमित भएका छन् ।
स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १२ हजार ४८९ जना डिस्चार्ज भइसकेको बताएका छन् । पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९३९ जनाको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?