logo
२०८१ बैशाख ७ शुक्रवार



रुसमा कोरोनाबाट तीन लाख सङ्क्रमित, करिब तीन हजारको मृत्यु

अन्तर्राष्ट्रिय |


रुसमा कोरोनाबाट तीन लाख सङ्क्रमित, करिब तीन हजारको मृत्यु


मस्को, जेठ ७ गते। विश्वका शक्तिशाली देशहरूको सूचीमा राखिने रुसमा पनि कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको सङ्ख्या झण्डै तीन लाख पुगेको छ । अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै आठ हजार ५०० नयाँ सङ्क्रमित थपिएका छन् ।

त्यसैगरी मृत्यु हुनेको सङ्ख्या २ हजार ९७२ रहेको पुगेको छ । एकै दिनमा १३५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्य हुने व्यक्तिको सङ्ख्या लगभग ३ हजार पुगेको अधिकारीहरुले जनाएका छन् । देशको राष्ट्रिय कोरोनाभाइरस नियन्त्रण केन्द्रले बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै बुधबार चिन्ता व्यक्त गरेको छ ।

विश्वमै धेरै सङ्क्रमित रहेको देशमध्ये दोस्रोमा रुस परेको पनि स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार धेरै सङ्क्रमित रहेका देशहरूको सूचीमा सबैभन्दा अगाडी अमेरिका रहेको छ ।
अमेरिकामा अहिलेसम्म १४ लाखभन्दा बढी नागरिक कोरनोभाइरसबाट सङ्क्रमित भइसकेका छन् । तीमध्ये आठ हजार ७६४ जना त पछिल्लो २४ घण्टामा थपिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?