logo
२०८१ बैशाख २४ सोमवार



भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन

अन्तर्राष्ट्रिय |


भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन


रायपुर, जेठ १६ गते।
भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ । लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गर्नुभएका प्रभावशाली नेता जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो ।
उहाँलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो । उहाँ ७४ वर्षको हुनुहुन्थ्यो । उहाँकी श्रीमती रेनु जोगी प्रदेश सभा सदस्य हुनुहुन्छ भने छोरा अमित जोगी प्रदेश सभाका पुर्वसदस्य हुनुहुन्छ ।
“स्थानीय समय अनुसार दिउसो ३ः३० बजे उहाँले अन्तिम स्वास फेर्नुभयो, त्यसपछि बिदा हुनुभयो,” अस्पतालका एक चिकित्सकले भने । उहाँलाई स्थानीय श्रीनारायण अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई स्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिल खेम्काले जानकारी दिनुभयो ।
कर्मचारीबाट राजनीतिमा प्रवेश गर्नुभएका जोगीले छत्तिसगढ प्रदेशको पहिलो मुख्यमन्त्री हुदै सन् २००० देखि २००३ सम्म मुख्यमन्त्री हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?