logo
२०८१ बैशाख १५ शनिवार



भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ

अन्तर्राष्ट्रिय |


भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ
तस्विर-द् हिन्दू


गुवाहाटी, जेठ १९ गते। भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिनुभयो ।
होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक बिरामीको मृत्यु भएपछि मङ्गलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो ।
चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ ।
स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैप नि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् ।
“घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ,” मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।
महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरुमाथि भएको आक्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताउनुभयो ।
उहाँमाथिको आक्रमण सबै अग्रपंक्तिका सेवकहरुमाथिको आक्रमण भएको र त्यसले अरुलाई पनि निराश बनाउन सक्ने खतरा भएको महन्तको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?