परिवारबाट अलग्गिएका सयौं बालबालिकाको अफगानिस्तानबाट उद्धार - राष्ट्रसंघ
रासस / एएफपी
भाद्र २२, २०७८ मंगलवार
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले बताएअनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३०० जना बालबालिकाहरू दर्ता भएका थिए ।
युनिसेफ प्रमुख हेनरिएटा फोरले उनीहरूको सुस्वास्थ्य र सुरक्षाको चिन्ता व्यक्त गर्दै एउटा बयानमा भन्नुभयो, “हामीले करिब ३०० बालबालिका परिवारबाट अलग्गिएको तथ्याङ्क पाएका छौ । अझै धेरै बालबालिकाहरूले आफूहरू परिवारबाट अलग्गिएको बताएकोले यो संख्या थप बढ्नसक्ने...