तलिबानले सरकार गठन गरे, विरोध कायमै
गोरखापत्र अनलाइन
भाद्र २३, २०७८ बुधबार
तालिबानले हिजो सरकार गठन गरेका छन् । उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ । केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै महिलाले विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा तालिबानले अश्रुग्यास हान्न लगाएका थिए । यसअघि तालिबानले उदार खालको र समावेशी सरकार बनाउने भनेका थिए ।