भारतमा एकैदिन एक करोड १३ लाख डोज कोरोना विरुद्धको खोप लगाइयो
गोरखापत्र अनलाइन
भाद्र २२, २०७८ मंगलवार
भारतमा कोरोनाभाइरसका ३१ ह्जार २२२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितमध्ये करिब ६५ प्रतिशत सङ्क्रमित केरला राज्यमा पुष्टि भएको छ । केरलामा १९ हजार ६८८ नयाँ सङ्क्रमित पहिचान गरिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन करोड ३० लाख ५८ हजार ८४३ पुगेको छ । भारतमा हाल तीन लाख ९२ हजार...