भारत र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन सम्वाद
गोरखापत्र अनलाइन ,
असार ३, २०७७ बुधबार
टेलिफोन सम्वादको क्रममा भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले आफ्ना चिनियाँ समकक्षी समक्ष चीनले भारतीय भूमिमा पूर्बाधार निर्माण गरेको दाबी गर्नुभयो । चिनियाँ विदेशमन्त्री याङ यीले भारतीय सेनाले पहिले आक्रमण गरेको दाबी गर्नुभयो । तर दुबैजनाले भने स्थितिलाई अझै तनाबमय बनाउन नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।